यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू

चैत्र १९, २०८१ |कान्तिपुर टीभी संवाददाता
यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू

काठमाडौं । सरकारले चालु अधिवेशन (हिउँदे अधिवेशन) अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

सोमबार राति प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले चैत १९ गते मंगलबार राति १२ बजेबाट हिउँदे अधिवेशन अन्त्यका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

चालु अधिवेशत गत माघ १८ बाट सुरु भएको थियो । यो अधिवेशनबाट धेरै भन्दा धेरै विधेयक पास गर्नेगरि संसदलाई चलायमान बनाउने भन्दै बैठक बोलाइए पनि पर्याप्त विधेयक पास हुन सकेनन्।

संघीय संसदको प्रतिनिधि सभाको बैठक मंगलबार ११ बजे बोलाइएको छ भने राष्ट्रिय सभाको बैठक भने बस्दै नबसी टुंगिने भएको छ। राष्ट्रिय सभाको बैठक चैत २५ बजे सवा १ बजे बोलाइएको भएपनि १९ गते नै अधिवेशन अन्त्य भएपछि बैठक नै नबसी टुंगिने भएको हो ।

यस्तै मन्त्रिपरिषद्को बैठकले म्यानमारमा नेपाली सेनाको टोलि पठाउने भएको छ । गएको शुक्रबार म्यानमारमा शक्तिशाली भुकम्प गएर धेरै जनधनको क्षति भएको छ।

२५ सय भन्दा बढी मानिसको मृत्यु भएको छ भने त्यतिनै संख्यामा मान्छेहरु हराइरहेका छन् । चिकित्सक सहितको नेपाली सेनाको टोलीले म्यानमारमा राहत, उद्धार र उपचारमा म्यानमार सरकारलाई सघाउने छ।

यस्तै सरकारले नेपाल वायुसेवाको विमानमा औषधि तथा राहत सामग्री म्यानमार पठाउने निर्णय पनि गरेको छ ।

यस्तै मन्त्रिपरिषद्को बैठकले थाइल्याण्ड रहेको एशियन इन्सिच्युट अफ टेक्नोलोजीलाई १ लाख अमेरिकी डलर सहयोग गर्ने निर्णय पनि गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओली बिमस्टेक सम्मेलनका लागि थाइल्यान्डको बैंकक जाँदैहुनुहुन्छ। बैंककमा रहँदा प्रधानमन्त्री ओलीले एशियन इन्सिच्युट अफ टेक्नोलोजीमा विशेष मन्तब्य राख्नुहुने कार्यक्रम छ।

सोहि अवसरमा नेपाल सरकारको १ लाख अमेरिकी डलरको सहयोग हस्तान्तरण गर्नुहुने कार्यक्रम छ। नेपाल एशियन इन्सिच्युट अफ टेक्नोलोजीको संस्थापक सदस्य रहेको छ। 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.