भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई नियमित सञ्चालनको लागि सरकारले पहल बढाउनुपर्नेमा सांसद आचार्यकाे जाेड

वैशाख २५, २०८२ |कान्तिपुर टीभी संवाददाता
भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई नियमित सञ्चालनको लागि सरकारले पहल बढाउनुपर्नेमा सांसद आचार्यकाे जाेड

काठमाडौं । प्रतिनिधि सभा सदस्य भीमप्रसाद आचार्यले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई नियमित सञ्चालनको लागि सरकारले पहल बढाउनुपर्ने बताउनुभएको छ ।

बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले विमानस्थललाई नियमित सञ्चालन गराउनको लागि पहल बढाउन सरकारको ध्यानाकर्षण गराउनुभएको हो । उहाँले विमानस्थल सञ्चालनको लागि व्यवसायीहरूले आन्दोलन गरिरहेको बताउँदै सरकारले विशेष चासो दिनुपर्नेमा जोड दिनुभयो । 

उहाँले म्यानपावर कम्पनी, स्वास्थ्य जाँच गर्ने कार्यालय, भिसा सहजीकरण कार्यालय लगायतका अत्यावश्यक सरकारीहरू स्थापना गरिनुपर्ने जिकिर गर्नुभयो । उहाँले व्यवसायीहरूले विमानस्थल नचल्दा मर्कामा परेकोले उनीहरूले क्षतिपूर्ति समेत माग गरिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भयो ।

उहाँले भन्नुभयो, “भैरहवा विमानस्थल सञ्चालनको लागि त्यहाँ अहिले व्यवसायीहरूले आन्दोलन गरिरहेका छन । त्यसमा सरकारी पहल बढाउनुपर्‍यो । म्यानपावर कम्पनीले त्यहाँबाट सेवा दिनुपर्ने, स्वास्थ्य जाँच गर्ने कार्यालयको व्यवस्था गर्नुपर्ने, एयरपोर्टमा खास समयको लागि सरकारी सहुलियत उपलब्ध गराउनुपर्ने, भिसा सहजीकरण कार्यालय खोली काम सञ्चालन गरी व्यवसायीहरूको माग सम्बोधन गरियोस् ।”

उहाँले कपिलवस्तुको तिलौराकोट उत्खनन, पुनर्निर्माण र संरक्षणको पखाइमा रहेकोले त्यसको लागि थप जग्गा अधिग्रहण गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले वार्षिक डेढ लाख पर्यटक पर्यटक जाने तिलौराकोटमा व्यवस्था कमजोर भएको गुनासो गर्नुभयो। 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.