पूर्वविशिष्टलाई सुविधा : सैद्धान्तिक छलफल भए पनि काम अघि नबढेको मन्त्री सिंहको दाबी

चैत्र २, २०८१ |कान्तिपुर टीभी संवाददाता
पूर्वविशिष्टलाई सुविधा : सैद्धान्तिक छलफल भए पनि काम अघि नबढेको मन्त्री सिंहको दाबी

पाल्पा । उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले पूर्वविशिष्ट पदाधिकारीको सुविधा सम्बन्धी विधेयक तर्जुमा गर्न गृह मन्त्रालयमा सैद्धान्तिक छलफल भए पनि त्यसको काम अघि नबढाएको बताउनुभएको छ । नेपाल पत्रकार महासंघ पाल्पा शाखाले आज तानसेनमा राखेको पत्रकार भेटघाटमा उपप्रधानमन्त्री सिंहले विधेयकमा छलफल नै गर्न बाँकी रहेको बताउनुभयो । 

विधेयकका विषयमा गहन छलफल गर्न र कानुन बनाउने कामका लागि प्रक्रिया अघि नबढाएकाले सरकारको मनसाय के छ भन्ने प्रस्ट देखिने उहाँको भनाइ छ ।

विगतका सरकारले निर्णय गर्दा पछि अदालतले कानुन बनाएर लागू गर्न निर्देशन दिएकाले मन्त्रिपरिषद्ले सैद्धान्तिक छलफलका लागि गृह मन्त्रालयले प्रस्ताव ल्याएको सिंहले बताउनुभयो । मन्त्रिपरिषद्‌मा सामान्य छलफल भएर त्यसलाई अगाडि बढाउने भन्दा पनि सैद्धान्तिक स्वीकृत दिएर गृह मन्त्रालयले काम गर्ने भन्ने निर्णय भएको उहाँले बताउनभयो । 

 उपप्रधानमन्त्री सिंहले आशा जगाउने खालका समाचार सम्प्रेषण गर्न सञ्चारकर्मीलाई आग्रह गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement