कुलमानबारे गगन थापा : एउटा व्यक्तिको पछि सरकार नै लाग्नु ठीक होइन

फाल्गुन २४, २०८१ |कान्तिपुर टीभी संवाददाता
कुलमानबारे गगन थापा : एउटा व्यक्तिको पछि सरकार नै लाग्नु ठीक होइन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कुलमान घिसिङलाई नचालाउन सरकारलाई सुझाव दिनुभएको छ । शनिबार सिन्धुलीमा पार्टीको क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले आफ्नै पार्टीका ऊर्जामन्त्री दीपक खड्कालाई लक्षित गर्दै राम्रो काम गर्न नसके नराम्रो पनि नगर्न सुझाव दिनुभएको हो । 

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबारे तीन/चार महिनामा सेवानिवृत्त हुने एउटा व्यक्तिको पछि सरकार नै लागेको देखिएको र यस्ता कुरा ठीक नभएको उहाँको तर्क छ । सरकारले नै व्यक्तिको पछि लागेर किचकिच गर्नुको सट्टा तीन/चार महिनापछि उपयुक्त व्यक्ति ल्याएर नेतृत्व गर्न दिन समेत सुझाव दिनुभयो ।

उहाँले भन्नुभयो, “मैले बुझ्न सकेको छैन, बदनियत हो कि ढंग नपुगेको हो, यस्तो कुरा ठीक होइन । यस्तो काममा कोही मन्त्रीहरू लाग्नु हुँदैन ।” 

महामन्त्री थापाले मन्त्रीहरूको नराम्रो कामको जिम्मा प्रधानमन्त्रीले लिनुपर्ने पनि बताउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement