नेपालको पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन

फाल्गुन १६, २०८१ |कान्तिपुर टीभी संवाददाता
नेपालको पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन

काठमाडौं । नेपालको पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन भएको छ । 

८४ वर्षीया श्रेष्ठ स्वास्थ्यमा समस्या देखिएपछि केही दिनदेखि प्रहरी अस्पतालमा उपचाररत हुनुहुन्थ्यो ।

पूर्वन्यायाधीश श्रेष्ठको महाराजगञ्जस्थित प्रहरी अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिनुभयो ।

सर्वोच्च अदालतको न्यायाधीशका रूपमा श्रेष्ठ विसं २०६१ वैशाख ३ देखि २०६५ जेठ २१ गतेसम्म कार्यरत रहनुभएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement