रियल स्टेट व्यवसायीलाई लाभ पुग्ने गरी ल्याइएको भन्दै जसपा नेपाल अध्यादेशको विपक्षमा

माघ २९, २०८१ |कान्तिपुर टीभी संवाददाता
रियल स्टेट व्यवसायीलाई लाभ पुग्ने गरी ल्याइएको भन्दै जसपा नेपाल अध्यादेशको विपक्षमा

काठमाडौं । सरकारलाई समर्थन गरेको जनता समाजवादी पार्टी (जसपा), नेपालले भूमि सम्बन्धी अध्यादेशको विपक्षमा उभिने निर्णय गरेको छ । सिंहदरबारमा आज बसेको जसपा नेपालको संसदीय दलको बैठकले प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैमा उक्त अध्यादेशमा सरकारलाई समर्थन नगर्ने निर्णय गरेको हो ।

सरकारले ल्याएका अरू ५ वटा अध्यादेशमा भने जसपा, नेपालले सरकारलाई समर्थन गर्ने भएको छ। भूमि सम्बन्धी ऐनमा २०७८ माघ २८ गते गरिएको आठौं संशोधनले गरेको भन्दा पनि दायरा फराकिलो हुने गरी भूमिहीन सुकुम्वासी, भूमिहीन दलित र अव्यवस्थितिलाई जग्गा वितरण गर्न र ठूला रियल स्टेट व्यवसायीलाई लाभ पुग्ने गरी अध्यादेश ल्याइएको भन्दै जसपा नेपालले आपत्ति जनाएको हो ।

जसपा नेपालले सरकारले ल्याएका ६ वटै अध्यादेशका बारेमा पार्टीगत अध्ययनका लागि कार्यदल नै बनाएको थियो । कार्यदलले समेत भूमि सम्बन्धी अध्यादेश स्वीकार गर्न नसकिने प्रतिवेदन पार्टी नेतृत्वलाई बुझाएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement