सरकार असफल भइसकेको माओवादी केन्द्रको निष्कर्ष

पुस १८, २०८१ |कान्तिपुर टीभी संवाददाता
सरकार असफल भइसकेको माओवादी केन्द्रको निष्कर्ष

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सरकार असफल भइसकेको निष्कर्ष निकालेको छ ।

माओ‌वादी केन्द्रको आज बसेको स्थायी कमिटी बैठकले सरकार असफल भएर उल्टो बाटोमा गइरहेको निष्कर्ष निकालेको हो । माओवादीले सरकार सुशासनको विरुद्धमा लागेर भ्रष्टाचारी, माफिया र विचौलियाहरूको संरक्षणमा लागेको आरोप लगाएको छ ।

मा‌ओवादी केन्द्रको स्थायी समिति बैठक आगामी आइतबारदेखि हुने केन्द्रीय समितिका एजेन्डा तय गर्नका लागि बसेको थियो । बैठकले केन्द्रीय समितिमा अध्यक्ष पुष्पकमल दाहालले पेस गर्ने राजनीतिक दस्तावेज पारित गरेको छ ।

यस्तै केन्द्रीय समितिको बैठकमा पार्टीको आगामी कार्ययोजना, कार्य विभाजन, सांगठनिक, सांस्कृतिकलगायत विविध प्रतिवेदनसमेत पेस हुने कार्यसूची तय भएको छ । स्थायी कमिटी बैठकमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पनि सहभागी हुनुहुन्थ्यो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement