एमाले अध्यक्ष ओलीद्वारा पार्टीविरुद्ध भइरहेका आक्रमणको प्रतिकार गर्न आग्रह

पुस १८, २०८१ |कान्तिपुर टीभी संवाददाता
एमाले अध्यक्ष ओलीद्वारा पार्टीविरुद्ध भइरहेका आक्रमणको प्रतिकार गर्न आग्रह

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीविरुद्ध भइरहेका आक्रमणको प्रतिकार गर्न नेता कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।

पार्टी कार्यालय च्यासलमा आज बसेको एमाले सचिवालय बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै प्रधानमन्त्री ओलीले पार्टीविरुद्धको गतिविधिको प्रतिकार गर्न आग्रह गर्नुभएको हो । बैठकमा ओलीले पूर्वउपाध्यक्ष भीम रावलले तत्लोस्तरमा झरेर गालीगलौजमा गरेको भन्दै प्रतिवाद गर्नसमेत नेताहरुलाई निर्देशन दिनुभएको थियो । रावललाई पार्टीबाट निष्कासन गर्ने निर्णय स्वभाविक भएको निष्कर्ष एमालेको छ ।

सचिवालय बैठकले यही पुस २१ र २२ गते बस्ने केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष ओलीले पेस गर्ने राजनीतिक प्रतिवेदन पारित परेको छ । अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमा सरकारको समीक्षा र पछिल्ला राजनीतिक घटनाक्रमका विषय समेटिएको छ । कांग्रेस र एमालेबीचको सत्ता गठबन्धनको विषयलाई समेत प्रतिवेदनमा प्रष्टाइएको छ ।

आजको बैठकले पार्टी नेतृत्वको सरकारका साढे पाँच महिनामा केही आशा देखाउने काम भएको ठहर गरेको छ । अर्थतन्त्रलाई उकास्ने कामलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने निष्कर्ष एमालेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement