ठूला पार्टीका नेताका कारण संघीयता कमजोर भयो : उपेन्द्र यादव

पुस १८, २०८१ |कान्तिपुर टीभी संवाददाता
ठूला पार्टीका नेताका कारण संघीयता कमजोर भयो : उपेन्द्र यादव

बाँके । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले ठूला पार्टीका नेताका कारण संघीयता कमजोर हुँदै गएको आरोप लगाउनुभएको छ ।

आज नेपालगञ्जमा अवधी पत्रकार संघले राखेको भेटघाटमा बोल्दै अध्यक्ष यादवले प्रदेश सरकार सञ्चालनका लागि कानुन समेत नहुँदा संघीयता खतरामा पर्ने संकेत भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले एमाले र नेपाली कांग्रेस दुई दलीय राजनीतिक अभ्यासतिर केन्द्रित हुँदा मुलुकमा भ्रष्टतन्त्र बढेको आरोप समेत लगाउनुभएको छ ।

अध्यक्ष यादवले दुई दलीय सरकारले आर्थिक र प्रशासनिक क्षेत्रमा समेत कुनै सुधार नगरेको भन्दै सरकार एकल राज्य निर्माणतर्फ उन्मुख हुन थालेको छैन भन्दै शंका व्यक्त गर्नुभयो ।

पार्टीको आन्तरिक कार्यक्रममा पश्चिम नेपालको भ्रमणमा रहनुभएका यादवले संघीयता बलियो  बनाउन प्रदेशलाई अधिकारसम्पन्न बनाउनुपर्ने र त्यसका लागि संविधान संशोधनको आवश्यकता रहेको पनि बताउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement