राजनीतिका लागि बुद्धिजमलाई माध्यम बनाएर ठगी गर्न हुँदैन : प्रधानमन्त्री ओली

मंसिर १, २०८१ |कान्तिपुर टीभी संवाददाता
राजनीतिका लागि बुद्धिजमलाई माध्यम बनाएर ठगी गर्न हुँदैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध धर्मलाई राजनीतिक रुपबाट दुरुपयोग गर्ने कुचेष्टा भइरहेको बताउनुभएको छ ।

शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राजनीतिक हिसाबले आज बुद्धिजमलाई दुरुपयोग गर्न खोजिरहेको भन्दै त्यसलाई निषेध गर्नुपर्ने बताउनु भयो । उहाँले राजनीतिका लागि बुद्धिजमलाई माध्यम बनाएर ठगी गर्न नहुनेसमेत बताउनु भयो ।

उहाँले सम्पूर्ण मानव जातिका लागि मित्रता, एकता, करुणा, सहनशीलता, सह-अस्तित्वको कुरा बुद्ध धर्ममा गरिएको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘राजनीतिक हिसाबले आज बुद्धिजमलाई दुरुपयोग गर्न खोजिरहेका छन् । पोलिटिकल चिटिङ गरिरहेका छन् । त्यसका लागि बुद्धिजमको दुरुपयोग गर्न खोजेका छन् । त्यो कुरालाई हामीले निषेध गर्नुपर्छ । राजनीतिका लागि बुद्धिजमलाई माध्यम बनाएर ठगी गर्ने होइन । बुद्धिजमको शिक्षा बिलकुल फरक हो ।'

प्रधानमन्त्री ओलीले बुद्ध धर्मममा उँचनिच नरहेकाले बुद्धका विचारलाई निःस्वार्थ भावले अपनाउनुपर्ने बताउनु भयो । आफू बुद्धवादको अध्येता नभई बुद्धवाद मन पराउने मानिस भएको उहाँको भनाइ छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.