काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी ठगी प्रकरणमा जोडिएका सबैलाई कारबाहीको दायरामा ल्याउने बताउनु भएको छ ।
कान्तिपुर कन्क्लेभको अन्तिम सत्र परिसंवादमा बोल्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने संसदीय विशेष छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्दा पक्राउ परेको प्रस्ट पार्नु भयो । अदालतको अनुमतिमा पक्राउ परेकाले निर्दोष अथवा दोषी ठहर हुँदा आफ्नो भूमिका नहुने बताउनु भएको हो ।
त्यस्तै नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ माथि बयान लिने र अनुसन्धान भइरहेको प्रधानमन्त्री ओलीले बताउनु भयो । लेखा समिति सभापति ऋषि केश पोखेर पनि दोषी देखिए पार्टीले नजोगाउने प्रधानमन्त्री ओलीले प्रस्ट पार्नु भएको छ ।
दल सम्बन्धी अध्यादेश ल्याउन लागिएको विपक्षी दलले गरेको आशंका सम्बन्धी प्रश्नमा प्रधानमन्त्री ओलीले दल त्याग सम्बन्धी कानुन विहीनता रहेको बताउनु भयो । दल दल त्याग सम्बन्धी कानुन भएर नियमावलीले चलिरहेको र नियमावलीले लामो समय चलाउन नसकिने उहाँको भनाइ छ । दल त्यागसम्बन्धी कानुन संसदबाटै ल्याए पनि एमाले कांग्रेससंग दुई तिहाइ रहेको बताउनु भयो ।
संघियता कार्यान्वयन सँग जोडिएको निजामती कर्मचारी र संघिय प्रहरी ऐन उपयुक्त हिसाबले आउने प्रधानमन्त्रीले आश्वासन दिनु भएको छ । त्यस्तै उहाँले अहिले देशको आर्थिक अवस्था सहज नभएको पनि स्वीकार गर्नु भएको छ ।
प्रधानमन्त्री ओलीसँग गरिएको पूरा बहस यहाँ हेर्नुहोस् :-