काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सबै एकजुट भइ सडक आन्दोलनमा उत्रिन नेता, कार्यकर्ताहरूसँग आह्वान गर्नुभएको छ ।
काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो आह्वान गर्नुभएको हो । उहाँले अब आन्दोलन गर्नुको विकल्प नरहेको बताउनु भयो ।
बरू अब एक पटक फेरि जेल, नेल, यातना खान तयार हुनुपर्ने उहाँकाे भनाइ छ । सदनबाट बल गरेर दलित ऐन बनाइदिने, प्राधिकरण बनइदिने कामले मात्रै दलितहरुले अधिका नपाउने उहाँको भनाइ छ ।
आफ्नो शान पहिलाको जस्तो नरहेको पनि उहाँले स्वीकार गर्नुभयो । विगतमा निर्वाचनमा भोट हाल्न जाँदा जनमुक्ति सेनाका दुई वटा गाडी अघिपछि राखेर गएको उहाँले स्मरण गर्नुभयो ।
अध्यक्ष दाहालले फेरि सेना बनाउनुपर्ने भन्नेकुरा आफूले नभनेको उल्लेख गर्दै शान्तिपूर्ण आन्दोलन जरूरी रहेको बताउनु भयो । चाडपर्व सकिएपछि सडकलाई नै मुख्य रुपमा प्रयोग गरेर अघि बढ्ने उहाँले बताउनु भयो ।