महिला फुटबलमा गरिएको लगानीले च्याम्पियन बन्न कठिन छ : प्रिती राई

कार्तिक २५, २०८१ |कान्तिपुर टीभी संवाददाता
महिला फुटबलमा गरिएको लगानीले च्याम्पियन बन्न कठिन छ : प्रिती राई

काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर प्रिती राईले लगानी विनाको प्रतिफल आश गर्न नहुने बताएकी छिन् । गत कात्तिक १४ गते काठमाडौंमा सम्पन्न भएको साफ महिला च्याम्पियनसिपमा नेपाल, फाइनलमा बंगलादेशसँग पराजित हुँदै उपविजेता बनेको थियो ।

कान्तिपुर टेलिभिजनसँगको कुराकानीका क्रममा प्रितीले, महिला फुटबलमा गरिएको लगानीले च्याम्पियन बन्न कठिन हुने प्रतिकृया दिएकी हुन् । नेपाल छैटौं पटक साफको उपविजेता बनेको हो ।

प्रितीले, प्रधानमन्त्री केपी शर्मा ओलीले तीन सय दिनभित्र सुविधा सम्पन्न रंगशाला निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेको पनि उल्लेख गरिन् । साफको फाइनलपछि प्रधानमन्त्री ओलीले बालुवाटारमा महिला टोलीसँग भेट गरेका थिए ।

प्रिती राईसँगको पूरा अन्तरवार्ता आज साँझ साढे ६ बजे कान्तिपुर टेलिभिजनमा प्रशारण हुनेछ । साथै कान्तिपुर टेलिभिजनका डिजिटल प्ल्याटर्फममा पनि हेर्न सकिनेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.