प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको नारासहित नयाँ आन्दोलनको नेतृत्व गर्छु : अध्यक्ष दाहाल

कार्तिक २४, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको नारासहित नयाँ आन्दोलनको नेतृत्व गर्छु : अध्यक्ष दाहाल

हेटौंडा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रत्यक्ष जननिर्वाचित कार्यकारी राष्ट्रपतिको नारासहित पुनः आफू नयाँ आन्दोलनको नेतृत्व गर्दै जनतामा जाने बताउनुभएको छ ।

वाईसीएल थाहा नगर कमिटिको दोस्रो नगर अधिवेशन तथा जनसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले आफू सरकारमा रहँदा भ्रष्टाचार र बेथितिको विपक्षमा उभिँदा सरकारबाट बाहिरिनु परेको दोहोर्याउनुभयो ।

माओवादी नेतृत्वको सरकार सुशासनको पक्षमा दृढ भएर लाग्दा पुँजीपति दलालहरु आत्तिएर अहिलेको गठबन्धन बनाएको उहाँको तर्क थियो । आफू नेतृत्वको सरकार भ्रष्टाचारीहरुका विरुद्धमा लागेको स्मरण गर्दै अहिलेका प्रधानमन्त्री भ्रष्टाचारीहरुबाटै दान लिएर उनीहरुको संरक्षणमा लागेको दाहालको भनाइ छ ।

वर्तमान सरकार निकम्मा देखिएको भन्दै अध्यक्ष दाहालले आफूले विगतमा गरेका राम्रा कामलाई अहिलेका सरकारले एक सय दिनको उपलब्धि भनेर सार्वजनिक गरेको समेत आरोप लगाउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.