नेपाली कांग्रेसमा पार्टीको मूल आदर्शका रुपमा रहेको समाजवाद शब्दलाई हटाउनुपर्ने माग

श्रावण २८, २०८१ |कान्तिपुर टीभी संवाददाता
 नेपाली कांग्रेसमा पार्टीको मूल आदर्शका रुपमा रहेको समाजवाद शब्दलाई हटाउनुपर्ने माग

काठमाडौं । नेपाली कांग्रेसमा पार्टीको मूल आदर्शका रुपमा रहेको समाजवाद शब्दलाई हटाउनुपर्ने माग उठेको छ । पार्टीको जारी केन्द्रीय समिति बैठकमा संसदीय दलका प्रमुख सचेतकसमेत रहनु भएका केन्द्रीय सदस्य श्याम घिमिरेले पार्टीबाट 'समाजवाद' शब्द हटाउनुपर्ने प्रस्ताव राख्नु भएको हो ।

नेपाली कांग्रेसले स्थापनाकालदेखि नै राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई मूल आदर्श मान्दै आएको छ । घिमिरेले कम्युनिस्ट र कांग्रेस भिन्न पार्टी रहेको देखाउन पनि 'समाजवाद' पार्टीको सिद्धान्तबाट हटाउनुपर्ने माग गर्नुभएको हो ।

विश्वबजारीकरण, उदार अर्थतन्त्र, बहुलवादलाई स्वीकारेको कांग्रेसले कसरी समाजवादलाई आदर्श मान्न सक्छ भन्दै घिमिरेले व्यावसायिक क्षेत्रको मनोबल बढाउन पनि कांग्रेसलाई समाजवादलाई अघि बढाउन नहुने बताउनुभयो । कांग्रेस समाजवादी पार्टी नभएको उहाँको जिकिर छ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement