रास्वपाले भन्यो- उपसभामुखको विवादित पत्रले कहीँ कतै नोक्सानी पुगेको छैन

श्रावण १०, २०८१ |कान्तिपुर टीभी संवाददाता
रास्वपाले भन्यो- उपसभामुखको विवादित पत्रले कहीँ कतै नोक्सानी पुगेको छैन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभामुख इन्दिरा राना मगरले अमेरिकी दूतावासलाई लेखेको विवादित पत्रले कहीँकतै नोक्सानी नपुगेको भन्दै राजनीतिक रुपमा भने सजग हुनुपर्ने भनेको छ । संवैधानिक परिषद्‌मा बहुमत नभएपछि सत्ता पक्षले पत्र प्रकरणलाई उचालेको पनि रास्वपाको आरोप छ ।

केन्द्रीय समितिको आज बसेको बैठकपछि कार्यवहाक प्रवक्ता मनीष झाले उपसभामुख रानामाथिको आरोप राजनीतिक स्वार्थ प्रेरित रहेको दाबी गर्नुभयो । उक्त पत्र अमेरिकी दूतावासमा दर्ता नभएको, कसैले लाभ नपाएको र नकारात्मक प्रभावसमेत नपरेको उहाँको भनाइ छ ।

तर उपसभामुखको नामबाट यस्तो पत्र लेख्ने विगतको अभ्यास नभएकाले राजनीतिक रुपमा भने सजग हुनुपर्ने सांसदसमेत रहनु्भएका झाले बताउनुभयो । पार्टी कार्यालयमा बिहीबार बसेको बैठकले संगठनको आन्तरिक रणनीति, आगामी कार्यक्रम र कार्यदिशाबारे छलफल गरेको छ । कर्णालीमा विशेष अभियान चलाउने निर्णय पनि रास्वपाले गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.