बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाद्वारा शपथ ग्रहण

श्रावण ९, २०८१ |कान्तिपुर टीभी संवाददाता
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाद्वारा शपथ ग्रहण

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्रीलाई शपथ गराउनुभएको हो ।

मुख्यमन्त्री लामाले आजै १० सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको छ । मन्त्रिपरिषद्‌मा एमालेका ६ र कांग्रेसका तीन मन्त्री छन् । प्रदेश प्रमुख शर्माले नवनियुक्त मन्त्रीहरुलाई पनि शपथ गराउनुभएको छ ।

एमालेका प्रकाश श्रेष्ठलाई कृषि तथा पशुपन्छी मन्त्रालय, किरण थापा मगरलाई स्वास्थ्य मन्त्रालय, कृष्ण सिलवाललाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

त्यस्तै सुकमाया तामाङलाई उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, अमन मास्केलाई भौतिक पूर्वाधार विकास मन्त्रालय र प्रेमभक्त महर्जनलाई श्रम, रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

त्यसैगरी कांग्रेसबाट कुन्दनराज काफ्ले, मधुकुमार श्रेष्ठ र श्याम खड्का मन्त्री बन्नुभएको छ । उहाँहरुका लागि मन्त्रालय तोकिएको छैन । मुख्यमन्त्री लामाले कांग्रेसबाट थप तीन जना मन्त्री नियुक्त गरी एकै पटक जिम्मेवारी तोकिने जानकारी दिनुभएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.