लुम्बिनीका नयाँ मुख्यमन्त्री आचार्यसहित ८ मन्त्रीले लिए शपथ

श्रावण ९, २०८१ |कान्तिपुर टीभी संवाददाता
लुम्बिनीका नयाँ मुख्यमन्त्री आचार्यसहित ८ मन्त्रीले लिए शपथ

रुपन्देही । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले पद तथा गोपनीयताको शपथ लिनु भएको छ । बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक सेरचनले मुख्यमन्त्री आचार्यलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउनु भएको हो ।

मुख्यमन्त्री आचार्यसहित ८ जना मन्त्रीहरुले समेत शपथ लिनुभएको छ । बिनाविभागीय मन्त्रीका रुपमा प्रदेश प्रमुख शेरचनले उँहाहरुलाई शपथ गराउनुभएको हो । सत्तारुढ दल एमालेका  तर्फबाट रुपन्देहीका भूमीश्वर ढकाल, पाल्पाका खेमबहादुर सारू, गुल्मीका दिनेश पन्थी र दाङकी सीता चौधरी शर्माले शपथ लिनु भएको छ । 

यसैगरी, नेपाली कांग्रेसका तर्फबाट दाङका प्रचण्डविक्रम न्यौपाने, प्युठानका सरोज थापा, बाँकेका बादसाह कुर्मी र गुल्मीका धनेन्द्र कार्कीले शपथ लिनुभएको छ । कांग्रेसका सचेतक जन्मजय तिमिल्सिना मन्त्री बन्ने तय भए पनि अन्तिममा उहाँको नाम हटेको हो ।

मुख्यमन्त्री आचार्यलाई नेकपा एमालेका २९ र कांग्रेसका २७ सहित ५६ प्रदेशसभा सदस्यको समर्थन छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.