प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच आज दिउँसो डेढ घण्टा छलफल

असार २, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच आज दिउँसो डेढ घण्टा छलफल

फाइल फोटो ।

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दाहाल र ओलीबीच दिउँसो साढे १ बजेदेखि डेढ घण्टा जति छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट सार्वजनिक भएपछि अध्यक्ष ओलीले बजेटप्रति आलोचना गरिरहेकै सन्दर्भमा भएको यो भेटघाटलाई महत्त्वका साथ हेरिएको छ । आजै संवैधानिक परिषद्‍को बैठक बस्नुअघि प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच छलफल भएको हो ।

सरकारले भारत, अमेरिका र बेलायतसहित ११ देशका राजदूत फिर्ता बोलाउने निर्णय गरिसकेकाले नयाँ राजदूत सिफारिसका सन्दर्भमा पनि दुई नेताबीच छलफल भएको स्रोतले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.