केपी ओलीले रविलाई हेपेका कि प्रेम गरेका ?

जेष्ठ १०, २०८१ |कान्तिपुर टीभी संवाददाता
केपी ओलीले रविलाई हेपेका कि प्रेम गरेका ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिहीबार सुनसरीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै हुनुहुन्थ्यो । त्यस क्रममा उहाँले कांग्रेस रवि लामिछानेको विरुद्धमा खनिएको र त्यो शैली भनेको भँगेरा मार्न तोप बोकेर जानु सरह भएको टिप्पणी गर्नुभयो ।

ओलीले त्यति मात्र भन्नु भएन । देशको उपप्रधानमन्त्री समेत रहेका गृहमन्त्री रवि लामिछानेलाई हेपेकै शैलीमा उहाँले ‘रवि लामिछाने कि को भन्ने एक जना बाबु’ भनेर सम्बोधन गर्नु भयो । ‘रवि लामिछाने कि को भन्ने एक जना बाबुका विरुद्धमा कांग्रेस खनियाछ,’ उहाँले भन्नुभयो, ‘भँगेरा मार्न जाने तोप बोकेर...’

ओलीको उक्त टिप्पणीमाथि प्रतिक्रिया दिँदै राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य गणेश कार्कीले ओलीको त्यस्तो बोलीलाई या त असीम प्रेम या अति हेपाइको बोली भएको औँल्याउनु भएको छ । आज आफ्नो फेसबुकमा लेख्दै कार्कीले, ‘भाषण गर्ने क्रममा आज एमाले अध्यक्ष ओलीले भनेछन्, ‘‘खोइ रवि लामिछाने कि को भन्ने एक जना बाबुका विरुद्धमा कांग्रेस खनिएको छ .... भँगेरा मार्न जाने तोप बोकेर ।’’ ओलीको यो बोली या त असीम प्रेमको हो या अति हेपाइको । जुन भए पनि हानिकारक छन् ।’ भनेर लेख्नु भएको छ ।

‘उहाँले जुन विकृत प्रवृत्तिको विरोधमा त्यत्रो अभियान चलाइयो, त्यसले असीम प्रेम किन गर्छ ? जोसँग कुममा कुम जोडेर प्रचण्डको रथ तानिँदै छ, त्यसैको त्यस्तो हेपाइ किन सहिन्छ ? कार्कीका प्रश्न छन् ।’


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.