कांग्रेसले भन्यो- कैलाश सिरोहियाको पक्राउ सहकारी ठगीबारे लेखेको प्रतिशोध

जेष्ठ ९, २०८१ |कान्तिपुर टीभी संवाददाता
कांग्रेसले भन्यो- कैलाश सिरोहियाको पक्राउ सहकारी ठगीबारे लेखेको प्रतिशोध
काठमाडौं । नेपाली कांग्रेसले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको पक्राउ समग्र मिडियामाथिको प्रहार भएको जनाएको छ । कांग्रेसले कान्तिपुर अध्यक्ष सिरोहियाको पक्राउलाई गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारी ठगीबारे लेखेको प्रतिशोधका रुपमा रहेको जनाएको छ ।

कांग्रेस संसदीय दल र पदाधिकारीको संयुक्त बैठकले सरकारको अलोकतान्त्रिक र असंवैधानिक रबैयाविरुद्ध सडक र सदनबाट प्रतिकार गर्ने निर्णय पनि गरेको छ । कांग्रेसले भातृ संस्थाहरुलाई समेत सडकमा उतार्ने निर्णय गरेको छ । यसैगरी, जेठ १३ गते उपत्यका केन्द्रित आन्दोलन गर्ने र त्यसपछि प्रदेश र सहकारी पीडित क्षेत्रमा आन्दोलन गर्ने कांग्रेसले जनाएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.