संघीय निजामती सेवा विधेयक संसद्‍मा पेस

चैत्र १, २०८० |कान्तिपुर टीभी संवाददाता
संघीय निजामती सेवा विधेयक संसद्‍मा पेस

काठमाडौं । बिहीबारको प्रतिनिधिसभा बैठकमा संघीय निजामती सेवा विधेयक, २०८० पेस भएको छ। बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले विधेयक प्रस्तुत गरेका हुन् ।

उक्त विधेयक गत फागुन २१ गते संसद् सचिवालयमा दर्ता भएको थियो । कर्मचारीको सेवा सर्त र सुविधासम्बन्धी कानुनलाई संघीयताअनुरूप सञ्चालन गर्न यो विधेयक बनेको हो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.