काठमाडौै । नेपाल विश्वकप क्रिकेट लिग टु अन्तर्गत स्कटलयान्ड विरुद्ध ऐतिहासिक जीत हात पार्न बाट चुकेको छ । दिपेन्द्र सिंह ऐरी र सोमपाल कामीले शतकिय साझेदारी गरेपनि नेपाल घरेलु टिम संग दुई रनले पराजित भएको हो ।
डन्डीमा टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले ५० ओभरमा ६ विकेट गुमाएर ३ सय २३ रनको योगफल बनाएको थियो । ओडिआइमा नेपालले प्राप्त गरेको यो अहिले सम्मको ठुलो लक्ष्य हो । सोमपाल कामीले पहिलो ओभर मेडन राख्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । दोस्रो ओभरमा करण केसीले ओपनर जर्ज मन्जीलाइ शुन्यमा आउट गरे । ब्रेन्डन मक्मलेन पनि करणकै बलमा मात्र ५ रनमा मैदान बाहिरिए । चार्ली टियर र बेरिङटनको साझेदारी तोड्न नसक्नु नेपालका लागि महंगो सावित भयो । यी दुईले तेस्रो विकेटका लागि ९४ रनको साझेदारी गरे ।
६८ रन बनाएका टियरलाइ ललित राजबंशीले आउट गरे । त्यसपछि दिपेन्द्रले लगातार दुइ विकेट हात पारे । तर बेरिङटनले १ सय दुइ रनको शानदार इनिङस खेले । उनी रन आउट भएका थिए । माइकल लिस्कले आक्रमक ब्याटिङ गर्दै अविजीत ९६ रनको योगदान गरे । मार्क वाटले ९ बलमा २१ रन जोडे । उनले अन्तिम ओभरमा करणलाइ लगातार तीन छक्का हिर्काएका थिए । नेपालले अन्तिम ५ ओभरमा ६७ रन खर्चियो ।
जवाफमा नेपालले ५० ओभरमा अल आउट हुदै तीन सय २२ रन बनायो । शीर्ष तीन ब्याटर सस्तैमा आउट भएपछि नेपाल दवावमा आएको थियो । कुशल भुर्तेल १७, आसिफ शेख ८ र कप्तान रोहित पौडेल ३ रनमा पभेलियन फर्किए । नेपाल ३४ रन तीन विकेटको स्थितीबाट खेलमा फर्कियो । आरिफ शेख र भिम सार्कीले इनिङस सम्हाले ।
आरिफले ३९ र भिमले ७३ रन बनाउदै नेपाललाइ जीत तर्फ उन्मुख गराएका थिए । सातौ विकेटका लागि सोमपाल र दिपेन्द्रले १ सय ५ रनको साझेदारी गर्दै नेपालाइ बलियो स्थितीमा पुर्याएका थिए । ५६ रन बनाएका दिपेन्द्र चार्ली क्यासलको बलमा ठुलो सट खेल्न खोज्दा क्याच आउट हुन पुगे । सोमपाल ६७ रनमा मैदान बाहिरिए ।
नेपाललाइ अन्तिम ओभरमा सात रन आवश्यक थियो । साफ्यान सरिफले करण र ललितलाइ आउट गर्दै स्कटल्यान्डलाइ दुइ रनको सनसनी पुर्ण जीत दिलाएका हुन । जारी सिरिजमा नेपालको यो पहिलो हार हो । स्कटल्यान्डलाइ यसअघि नेपालले १ विकेटले हराएको थियो । अब नेपालले भोली नेदरल्यान्डस संग खेल्नेछ ।