कांग्रेस लुम्बिनी प्रदेशको प्रथम सम्मेलनको बन्द सत्र जारी

मंसिर १७, २०८० |कान्तिपुर टीभी संवाददाता
कांग्रेस लुम्बिनी प्रदेशको प्रथम सम्मेलनको बन्द सत्र जारी

बुटवल । नेपाली कांग्रेस लुम्बिनी प्रदेशको प्रथम सम्मेलनको दोस्रो दिन आज बन्द सत्र चलिरहेको छ ।

सम्मेलनमा प्रदेश उपसभापति भुवनप्रसाद श्रेष्ठले राजनीतिक प्रतिवेदन, महामन्त्री सुरेन्द्रराज आचार्यले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष प्रकाश रानाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।

सम्मेलनले कांग्रेस लुम्बिनीको आगामी कार्यदिशा तय गर्ने कोषाध्यक्ष रानाले जानकारी दिए । सम्मेलनमा प्रदेशका कार्यसमितिसहित, जिल्ला सभापति, प्रदेश प्रतिनिधि सदस्य, सल्लाहकार, भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधि गरी करिब ७५० जना सहभागी छन् ।

सम्मेलनको उद्घाटन शनिबार केन्द्रीय सभापति शेरबहादुर देउवाले गरेका थिए । बन्द सत्र कांग्रेस महामन्त्री गगनकुमार थापाको प्रमुख आतिथ्यमा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनको अध्यक्षता र सह-महामन्त्री विष्णुप्रसाद खनालको सञ्चालनमा चलिरहेको छ ।

कांग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारी, पुष्पा भुसाल, दीपक गिरी, गोविन्द पोखरेल, अजयबाबु शिवाकोटी, अब्दुल रज्जाकलगायत केन्द्रीय सदस्यहरुको उपस्थिति छ । सम्मेलन आजै सकिनेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.