नेपाली कांग्रेसले सुरु गर्‍यो केन्द्रीय समिति बैठकको प्रत्यक्ष प्रसारण

श्रावण २, २०८० |कान्तिपुर टीभी संवाददाता
नेपाली कांग्रेसले सुरु गर्‍यो केन्द्रीय समिति बैठकको प्रत्यक्ष प्रसारण

काठमाडौं । नेपालका राजनीतिक दलहरूलाई आफ्ना गतिविधि पारदर्शी नबनाउने गरेको आरोप लाग्ने गरेको छ । दलहरूले सूचना प्रविधिको प्रयोगमा पनि त्यति रुचि राख्दैन थिए । तर नेपाली कांग्रेसले पहिलो पटक केन्द्रीय समितिको बैठकलाई प्रत्यक्ष प्रसारण गरेको छ ।

पार्टी महाधिवेशनमा समेत विद्युतीय भोटिङ गर्न नचाहेको कांग्रेसले झन्डै एक वर्षपछि बसेको केन्द्रीय समितिको बैठक भने पार्टीको फेसबुक पेजमार्फत लाइभ गरेको छ । परम्परागत दलको रूपमा चिनिने कांग्रेसले केन्द्रीय समितिको बैठक पारदर्शी बनाउनुलाई रोचक मानिएको छ ।

सभापति शेरबहादुर देउवाकै प्रस्तावमा कांग्रेसले केन्द्रीय समितिको बैठकको प्रत्यक्ष प्रसारण गरेको हो । केन्द्रीय समितिको बैठकको प्रत्यक्ष प्रसारण सुरु गरेको कांग्रेसले आगामी दिनका अन्य बैठकहरूमा पनि यही व्यवस्था कार्यान्वयन गर्दै लैजाने जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement