पार्टी रुपान्तरणका लागि बुझाइयो २१ बुँदे सुझाव (पूर्ण पाठ)

श्रावण २, २०८० |कान्तिपुर टीभी संवाददाता
पार्टी रुपान्तरणका लागि बुझाइयो २१ बुँदे सुझाव (पूर्ण पाठ)

काठमाडौं । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेलगायतको टोलीले पार्टी रुपान्तरणका लागि भन्दै २१ बुँदे सुझाव पेस गरेको छ । पार्टी सभापति शेरबहादुर देउवालाई बुझाउने भनिए पनि बुझ्न नमानेपछि पार्टी कार्यालयमा दर्ता गरिएको हो ।

घिमिरेसँगै केन्द्रीय सदस्य मधु आचार्य, भरतबहादुर खड्का, भुपेन्द्रजंग शाही, उमा शिवाकोटी, गोविन्दराज पोखरेललगायत नेताहरुले चलाएको देशव्यापी कांग्रेस रूपान्तरण अभियानअनुसार अहिलेको घटनाक्रम र पार्टीलाई कसरी अघि बढाउने विषयमा नेतृत्वलाई २१ बुँदामा समेटेर सुझाव दिइएको छ ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत पार्टीलाई बुझाइएको उक्त सुझावमा प्रतिनिधिसभा र प्रदेशसभा तथा उपनिर्वाचनमा प्राप्त अनपेक्षित परिणाम, भ्रष्टाचार प्रकरणहरूमा पार्टीका नेताहरूको संलग्नता, गठबन्धन सरकारलगायतका विषयमा उठेका प्रश्नहरु, असन्तुष्टिहरु समेटिएका छन् ।

यस्तै पार्टीमा देखिएको आन्तरिक अव्यवस्था, पार्टी सञ्चालन, समयसापेक्ष सुधार नगरी रूपान्तरणका आकांक्षा र आवश्यकतालाई समयमै सम्बोधन गरेर अघि नबढे कार्यकर्ताहरुमा झनझन् निराशा बढ्दै जाने तथा पार्टीको जनधार खस्किँदै गएको पनि २१ बुँदे सुझावमा उल्लेख छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement