प्रधानमन्त्रीले विश्वासको मत लिनेबारे सांसदलाई जानकारी

चैत्र ५, २०७९ |कान्तिपुर टीभी संवाददाता
प्रधानमन्त्रीले विश्वासको मत लिनेबारे सांसदलाई जानकारी

काठमाडौं । प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार विश्वासको मत लिनेबारेमा जानकारी गराइएको छ ।

प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीको विश्वासको मत लिनेबारे सांसदहरुलाई जानकारी गराएका हुन् ।

प्रधानमन्त्री दाहालले भोलि (सोमबार) विश्वासको मत लिँदै छन् । प्रतिनिधिसभाको अर्को बैठक भोलि (सोमबार) दिउँसो १ बजे बस्नेछ ।

यसअघि नेपाली सरकारमा सहभागी हुने निर्णय गरेको छ । संघीय संसद् भवनको ल्होत्से हलमा आइतबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारमा जाने निर्णय गरेको हो । बैठकपछि नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने निर्णय पनि गरेको जानकारी दिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.