राप्रपाको संसदीय दलको नेतामा राजेन्द्र लिङ्देन चयन

पुस ५, २०७९ |कान्तिपुर टीभी संवाददाता
राप्रपाको संसदीय दलको नेतामा राजेन्द्र लिङ्देन चयन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को संसदीय दलको नेतामा राजेन्द्र लिङ्देन सर्वसम्मत चयन भएका छन् ।

पार्टीका अध्यक्षसमेत रहेका लिङ्देनलाई मंगलबार संसदीय दलको बैठकले सर्वसम्मतरुपमा चयन गरेको हो ।

पार्टीका प्रवक्ता मोहन श्रेष्ठले संसदीय दलको नेतामा लिङ्देन सर्वसम्मत चयन भएको बताए । उनका अनुसार पार्टी सचेतकका बारेमा आज कुनै निर्णय भएको छैन । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.