नेपालको सौन्दर्य, मेरो क्यामेराबाट (फाेटाेफिचर)

आश्विन २९, २०८२
नेपालको सौन्दर्य, मेरो क्यामेराबाट (फाेटाेफिचर)

काठमाडौं । २२ वर्षीय अविष्कार त्रिपाठी पछिल्ला वर्षहरूमा नेपालको प्राकृतिक सौन्दर्यता र सांस्कृतिक विविधतालाई विश्वसामु पुर्‍याउने उद्देश्यले सक्रिय रहेका छन्। 

उनले सामाजिक सञ्जालमार्फत नेपालका रमणीय स्थलहरू, हिमाली दृश्य, झरना, तालतलैया र स्थानीय संस्कृतिको झल्को दिने भिडियोहरू प्रस्तुत गर्दै आन्तरिक तथा बाह्य पर्यटनलाई प्रवर्द्धन गर्दै आएका छन्।

सन् २०२१ देखि २०२५ को अवधिमा उनले ५० भन्दा बढी गन्तव्यको भ्रमण गरिसकेका छन्। त्रिपाठीले विभिन्न प्रदेशका गाउँ, पहाड र हिमाली क्षेत्र घुम्दै क्यामेरामा नेपालका दुर्लभ र मनमोहक दृश्यहरू कैद गरेका छन्। उनका भिडियोहरूले विशेष गरी युवापुस्तामा आन्तरिक पर्यटनप्रतिको आकर्षण बढाएको देखिन्छ।

'नेपालमा अनगिन्ती सौन्दर्यता लुकेका छन्, म ती सौन्दर्यलाई विश्वका मानिसहरूसामु पुर्‍याउन चाहन्छु,' त्रिपाठीले भने। उनका भिडियोहरू केवल दृश्य मनोरञ्जनको लागि मात्र नभई देशप्रेम, प्रकृतिप्रतिको नजिकपन, र वातावरण संरक्षणको सन्देश समेत बोकेको पाइन्छ। यस्ता प्रयासले नेपाली पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने काम गरिरहेको विज्ञहरू बताउँछन्।

हाल त्रिपाठीले सञ्चालन गर्दै आएको “WONDERFULL NEPAL” नामक सामाजिक सञ्जाल पेजमा १ लाख २१ हजार भन्दा बढी फलोअर्स छन्। यस पेजमार्फत उनले नेपालका प्राकृतिक र सांस्कृतिक सौन्दर्य झल्काउने आकर्षक सामग्रीहरू नियमितरूपमा शेयर गर्दै आएका छन्।

तस्बिर स्राेत- अविष्कार त्रिपाठी