
काठमाडौँ । नेकपा (एमाले)को संसदीय दलका नेता रामबहादुर थापाले जेन-जी आन्दोलनका क्रममा गत भदौ २३ र २४ मा भएको सार्वजनिक सम्पत्तिको क्षति, भौतिक संरचना तोडफोड एवं आगलागीका घटनाको निष्पक्ष छानबिनको माग गर्नुभएको छ । प्रतिनिधिसभाको पहिलो अधिवेशनको पहिलो बैठकमा उहाँले छानबिनको माग गर्दै आन्दोलनका क्रममा भएका हिंसात्मक गतिविधि सुनियोजितरूपमा भएको आरोपसमेत लगाउनुभयो ।
एमालेका उपाध्यक्ष थापाले निर्वाचनबाट ठूलो दलसहित विजय हासिल गरेकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई बधाई दिनुभयो । प्रतिनिधिसभाको निर्वाचनले आफूहरूलाई सानो दलका रूपमा स्थान दिए पनि चुनौतीको सामना गरेर अघि बढ्ने बताउनुभयो ।