यस्तो देखियो नाम्खाको तिलगाउँमा बाढी-पहिरो निम्त्याउने हिमताल (फोटोफिचर)

जेष्ठ १२, २०८२ |कान्तिपुर टीभी संवाददाता
यस्तो देखियो नाम्खाको तिलगाउँमा बाढी-पहिरो निम्त्याउने हिमताल (फोटोफिचर)

हुम्ला । नाम्खा गाउँपालिकाको तिल गाउँमा गएको बाढी पहिरोको अध्ययन गर्न गएको प्राविधिक टोलीले ५ हजार ३ सय ५० मिटरमाथि हिमताल भएको स्थानसम्मै पुगेर अध्ययन गरेको छ । 

यसअघि दुईवटा हिमताल देखिएको स्थानमा तीनवटा ताल भेटिएको अध्ययन टोलीका सदस्य शिवकुमार बास्कोटाले जानकारी दिनुभयो । 

अध्ययन टोलीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिनियर डिभिजनल इन्जिनियर सुशीलकुमार श्रेष्ठ, खानी तथा भूगर्भ विभागका सिनियर डिभिजनल जियोलोजिष्ट शिवकुमार बास्कोटा र जल तथा मौसम विज्ञान विभागका हाइड्रोलोजिष्ट सौहाद्र जोशी हुनुहुन्छ ।

जेठ १ गते बिनावर्षा नै एक्कासी बाँढी-पहिरो आउँदा नाम्खाको तिलगाउँ बिस्थापित हुन पुगेको छ । 

हिमतालमा पुगेर अध्ययन टोलीले पठाएका तस्बीरहरु


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.