लहलह झुलेको धान (फोटोफिचर)

कार्तिक ७, २०८१ |कान्तिपुर टीभी संवाददाता
लहलह झुलेको धान (फोटोफिचर)

सिन्धुली । बाढीपहिरोबाट जोगिएको सुनकोसी नदी तटीय क्षेत्रमा यतिबेला धान लहलह झुलेको छ ।

सिन्धुलीको खुर्कोटदेखि उदयपुरको घुर्मीसम्मको ६१ किलोमिटर मध्यपहाडी लोकमार्ग क्षेत्रको सुनकोसी नदी तटीय क्षेत्रमा बाढी र पहिरोको तहसनहसबाट जोगिएको पकेट क्षेत्रमा लहलह धान झुलेको लोभलाग्दो दृश्य देखिन्छ ।

फिक्कल गाउँपालिका २ सुम्नामवेसीमा पाकेर धान पहेलै भएको छ भने डिलमा सयपत्री फुलले नजिकिएको तिहारलाई सम्झना गराउँछ । धान उत्पादन धेरै हुने भएकाले पकेट क्षेत्र नै घोषणा गरेर यो नदी तटीय क्षेत्र अन्न भण्डार भएकोमा यो वर्षको बाढीले धेरै बगाएको छ । 

भित्राउन बेला भएको धानबाली असोज ११ र १२ गतेको अविरल वर्षापछि सुनकोसी तथा अन्य खोलाहरुमा आएको बाढीले खेत समेत नै बगाएको स्थानीय शितल पोखरेल बताउँछन् । जोगिएको धानबाली हेर्दा भने मनमोहक देखिन्छ । मानो रोपेर मुरी उब्जाउने अन्नबालीको रुपमा धानलाई लिने गरिएपनि यो तटीय क्षेत्रमा भने एकमाना बीउको तीन मुरीसम्म उत्पादन हुन्छ ।

गोलन्जोर र फिक्कल गाउँपालिकाको खुर्कोट, हैवारवेसी, ग्वाल्टार, मुर्कीवेशी, सुम्नामवेसी, सोखुफाँट लगाएतका क्षेत्रमा धान उत्पादन बढि हुन्छ । तीन रोपनीमा गरिएको धान खेतीबाट ५ जनासम्मको परिवारलाइ वर्षभरि पुग्ने गरि धान उत्पादन हुने तीनै कृषक पोखरेलले सुनाए ।

धानखेतको खलामा भेटिएका ६८ वर्षीय कपिलमणी पहाडी कोसीले बगाएर जोगिएको धान स्याहार्दै थिए । जे जोगिएको छ त्यो भित्राउनै परो भनेर उनले अन्न भण्डारमा विपत्ती लागेकाले सरकारले खाद्य सुरक्षाको उपाय गरि भोकभोकै बस्न नपर्ने गरि व्यवस्था गर्न सरकारलाई सुझाएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement