मनमोहक मुगु (फोटोफिचर)

आश्विन ७, २०८१ |कान्तिपुर टीभी संवाददाता
मनमोहक मुगु (फोटोफिचर)
काठमाडौं । आन्तरीक तथा बाह्य पर्यटकको प्रमुख रोजाईमा रहेको मुगु जिल्ला झल्कने गरी काठमाडौंमा तस्बिर, भिडियो र कर्णालीमा उत्पादीत सामाग्रीहरु शनिबार देखि प्रर्दशनी सुरु गरीएको छ ।

शब्द दृश्य ,चित्र र उत्पादनका माध्यमबाट कर्णाली “कनेक्टिङ कर्णाली” अभियान अन्तगर्त मुगु जिल्लाको प्रर्दशनी सुरु गरीएको हो । मनघरी फाउण्डेशनको आयोजनामा शनिबार देखि सुरु भएको प्रर्दशनी सोमबार सम्म जारी रहने छ । 

संघिय राजधानीमा कर्णाली प्रदेशका जिल्लाहरुलाई शब्द, चित्र र भिडियोका साथै कर्णालीमा उत्पादीत सामाग्रीहरु मार्फत कर्णालीका संम्भावना र सुन्दरतालाई पस्कने क्रममा असार महिनामा दैलेखको प्रर्दशनी गरेका थियो भने साउन महिनामा मुगु जिल्ला प्रर्दशन गर्न लागिएको कनेक्टिङ कर्णालाका परिकल्पनाकार एव मनघरी फाउण्डेशनका अध्यक्ष भरतबन्धु थापाले बताउनु भयो । आन्तरीक पर्यटकको प्रमुख रोजाईमा रहेको रारा तालको सबै मौसमको तस्बिरहरु राखिएको छ । रारा ताललाई हिउले ढपक्क ढाक्दा र रगिविरगी फुलहरुले घेर्दा रारा तालको सुन्दरता मनोमोहक देखिएको छ । 

प्रर्दशनीमा मुगु जिल्लामा अवस्थित धार्मिक, पुरातात्वीक, प्राकृतीक सुन्दरता सहित डोल्पा जिल्ला झल्कने गरी २५ वटा तस्बिरका साथै मुगु जिल्लाई केन्द्रित गरी कर्णाली झल्कने भिडियो प्रर्दशनी र उत्पादीत सामाग्री प्रर्दशनीमा राखिएको आयोजकले जनाएको छ ।

अहिले देशको सबैभन्दा स्वच्छ उद्योगका रुपमा पर्यटन क्षेत्र नै छ । जुन क्षेत्रका लागि कर्णाली प्रदेश विल्कुल नयाँ गन्तव्य बन्न सक्ने अथाह सम्भावना छन् । तर तीनिहरुको उचित प्रचार प्रसार हुन सकेको छैन , यही कुरालाई मनन गर्दै कार्यक्रमको आयोजना गरिएको अध्यक्ष भरतबन्धु थापाले बताउनु भयो । प्रर्दशनीमा भरतबन्धु थापाका १४ वटा तस्बिर, टेक शाहीका ९ वटा तस्बिर र कुबेर राज कार्कीका २ वटा तस्बिर रहेको छ । भिडियोहरु मनघरी फाउण्डेशनले तयार गरेको आयोजकले जनाएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement