
काठमाडौं । नेपाल प्रेस युनियनले समाचार संकलनका लागि नेपाली कांग्रेस केन्द्रीय कार्यालय पुगेका कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार प्रकाश बममाथि सहमहामन्त्री किशोरसिंह राठौरले गरेको दुर्व्यवहारको निन्दा र भर्त्सना गरेको छ ।
युनियनले विज्ञप्ति जारी गर्दै सहमहामन्त्रीजस्तो गरिमामय पदमा रहेका नेताको गैरजिम्मेवार व्यवहार र अभिव्यक्तिले युनियनलाई चिन्तित तुल्याएको जनाएको छ । साथै आगामी दिनमा यस्तो व्यवहार नगर्न, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न, पदीय मर्यादा तथा जिम्मेवारीलाई ख्याल गर्न र पत्रकारिता पेसालाई सम्मान गर्न पनि प्रेस युनियनले सहमहामन्त्री राठौरलाई आग्रह गरेको छ ।
समाचार संकलनका लागि हिजो नेपाली कांग्रेस केन्द्रीय कार्यालय पुगेका पत्रकार बमलाई कांग्रेस सहमहामन्त्री राठौरले अपशब्द प्रयोग गर्दै दुर्व्यवहार गरी हातपातको प्रयाससमेत गर्नुभएको थियो ।
सम्बन्धित समाचार :
नेपाल प्रेस युनियनले जारी गरेकाे विज्ञप्ति
