जेन-जी आन्दोलन र दशैं तिहारलगायतका चाडपर्वका कारण राहदानी बनाउनेको भीड

मासिक एक लाखसम्म राहदानी माग हुन थालेपछि भीड थेग्न विभागलाई हम्मे
कार्तिक १९, २०८२ |कान्तिपुर टीभी संवाददाता
जेन-जी आन्दोलन र दशैं तिहारलगायतका चाडपर्वका कारण राहदानी बनाउनेको भीड

काठमाडौं । जेन-जी आन्दोलनपछि राहदानी बनाउनेको घुइँचो देखिएको छ । 

त्रिपुरेश्वरस्थित राहदानी विभागमा बिहानैदेखि भीड थेग्न हम्मे-हम्मे परिरहेको विभागले जनाएको छ । जेन-जी आन्दोलनपछिका घटनाक्रम र त्यसपछि दशैं तिहारलगायतका चाडपर्वका कारण राहदानी बनाउनेको भीड बढेको हो । महानिर्देशक तीर्थराज अर्यालले विभागसँग अहिले १ लाख ७९ हजार राहदानी स्टक रहेको र मासिक ९० हजारदेखि १ लाखसम्म माग हुने गरेको जानकारी दिनुभयो । 

६ हजार राहदानी जलेको बताउँदै विभागले अहिले दैनिक झन्डै ४ हजार ५ सयदेखि ५ हजारको हाराहारीमा माग रहेको जनाएको छ । विभागबाट वितरण हुने सामान्यतः दैनिक १ हजार २ सय हो । चार महिनापछि नयाँ कम्पनीले सम्झौताअनुसार राहदानी व्यस्थापन गर्ने पनि विभागले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.