काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले योजना आयोग, पर्यटन मन्त्रालय र सुरक्षा परिषद्सँग छलफल गर्नुभएको छ ।
सोमबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री कार्कीले छलफल गर्नुभएको हो । योजना आयोगसँग मध्यान्ह साढे १२ बजे, पर्यटन मन्त्रालयसँग १ बजे र २ बजे सुरक्षा परिषद्सँग छलफल गर्नुभएको हो ।
योजना आयोगसँगको छलफलमा राष्ट्रिय आयोजनाहरूको अवस्थाका बारेमा जानकारी लिनुभयो ।