पहिरोले पृथ्वी राजमार्ग ठप्प, वीपी राजमार्ग अवरुद्ध

भाद्र १२, २०८२ |कान्तिपुर टीभी संवाददाता
पहिरोले पृथ्वी राजमार्ग ठप्प, वीपी राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षापछि देशका धेरै राजमार्ग र सडकहरुमा यातायात प्रभावित भएका छन् । पहिरोले देशको राजधानी जोड्ने पृथ्वी राजमार्ग ठप्प भएको छ भने वीपी राजमार्ग पनि अवरुद्ध छ ।

धादिङको थाक्रे गाउँपालिका वडा नम्बर–७ स्थित सातकिल्लामा लेदोसहितको पहिरो खसेको छ । राति खसेको पहिरोका कारण पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध भएको हो । काठमाडौँबाट मुग्लिनतर्फ जाँदै गरेका सवारी साधनलाई खानीखोलामा रोकिएका छन् । जेसीबीको सहयोगमा लेदो पन्छाउने काम भइरहेको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले जनाएको छ ।

उता, काभ्रेको रोशी गाउँपालिकाको दुई ठाउँमा लेदोसहितको पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध भएको छ । रोशी गाउँपालिका वडा नम्बर–९ स्थित बिरुवा डाँडा र वडा नम्बर–११ स्थित पिपलबोटमा लेदो सहितको पहिरो आएको हो । घटनास्थलमा ट्राफिक प्रहरी र इलाका प्रहरी कार्यालय मंगलटारको टिम परिचालन गरिएको छ । जेसीबीको सहायताले राजमार्ग खुलाउने प्रयास भइरहेको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.