काठमाडौं । इरानको राजधानी तेहरानबाट ११ नेपाली नेपाल फर्कने तयारीका साथ अर्को सहर मसद पुगेका छन् । इरानस्थित भारतीय दूतावासले उद्धार गर्ने भएपछि उनीहरू करिब ९ सय किलोमिटरको यात्रा पार गर्दै इरानको अर्को सहर मसद पुगेका हुन् ।
मसदमा पुगेका उनीहरु एउटा होटलमा बसेका छन् । भारतले प्राथमिकतामा राखेर फर्काउने आश्वासन दिएकाले अहिले उनीहरु उडानको प्रतीक्षामा बसेका छन् । उनीहरूको उडानको समय भने निश्चित भइसकेको छैन ।
मसद पुग्नेमा उदयपुरका हरि थापा, उहाा छोरा उत्सव थापा र श्रीमती गायत्री कार्की थापा छन् । यसैगरी बुटवलका विष्णुप्रसाद भुसाल, बुद्धि भुसाल, सागर पौडेल, गणेश पोखरेल, सुमन गैरे, विष्णुप्रसाद बन्जाडे, यज्ञ मरासिनी र राजु खनाल पनि मसद पुगेका छन् ।
उनीहरूमध्ये विष्णुप्रसाद बन्जाडेको राहदानी नभएकाले उडान तत्काल सम्भव नभएको बताइएको छ ।
दोहास्थित नेपाली दूतावासका अनुसार ११ जना नेपालीसाग समन्वय भइरहेको छ । उनीहरू ८ देखि २४ वर्षसम्म तेहरानमा रहेका विभिन्न दूतावास र इरानी रेस्टुरेन्टमा काम गर्दै आएका थिए ।
इरानको तेहरानमा अझै ५ जना नेपाली जेलमा रहेका छन् । उनीहरूलाई उद्धार गर्न प्रक्रिया भइरहेको दूतावासले जनाएको छ ।