गण्डकी प्रदेश स्तरीय ट्राफिक सप्ताह गोरखामा शुरु

जेष्ठ २५, २०८२ |भीमलाल श्रेष्ठ
गण्डकी प्रदेश स्तरीय ट्राफिक सप्ताह गोरखामा शुरु
गोरखा । गण्डकी प्रदेश स्तरीय ट्राफिक सप्ताह २०८२ आज देखि गोरखामा शुरु भएको छ । गोरखा नगरपालिका, जिल्ला प्रहरी कार्यालय र अन्य सरकारी कार्यालयहरु संगको सहकार्यमा सवारी दुर्घटना न्युनीकरण र ट्राफिक नियम सम्वन्धी विभिन्न जनचेतनामूलक कार्यक्रमहरु गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जनाएको छ । कार्यक्रम आगामी जेठ ३१ सम्म सञ्चालन हुनेछ ।


Image

भीमलाल श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टेलिभिजनका गोरखा संवाददाता हुन् ।