खोटाङका तत्कालीन जिशिअ ज्ञानमणि नेपालसहित ७ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

जेष्ठ २४, २०८२ |उत्तम चौलागाईं
खोटाङका तत्कालीन जिशिअ ज्ञानमणि नेपालसहित ७ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

खोटाङ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जिल्ला शिक्षा कार्यालय खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालसहित ९ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

दिप्रुङ चुइचुम्मा गाउँपालिका-७ टेम्मास्थित् कृष्ण माविको भवन निर्माणमा अनियमितता गरेको आरोपमा शुक्रबार मुद्दा दायर गरेको हो ।

उक्त विद्यालय भवनमा बदनियतपूर्ण तरिकाले २५ लाख ५० हजार रूपैयाँ अनियमितता गरेको आरोपमा विशेष अदालतमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जनाएका छन ।

विज्ञप्तिमा तत्कालीन शिक्षा अधिकारी नेपाल, जिल्ला शिक्षा कार्यालय खोटाङका तत्कालीन इन्जिनियर बृधन यादव, सब-इन्जिनियर शिवराज भट्टराई, लेखा अधिकृत भुवनप्रसाद आचार्य र लेखापाल सुरेशकुमार श्रेष्ठमाथि मुद्दा दायर गरिएको उल्लेख छ ।

कृष्ण माविका तत्कालीन प्रधानाध्यापक खेमराज मगर, भवन निर्माणताका विद्यालय व्यवस्थापन समितिको अध्यक्षता गरेका टीकाराम राई, हरिनारायण राई र भवन निर्माण गर्ने जयप्रसाद राईविरूद्ध मुद्दा दायर भएको हो । प्रतिवादीहरूविरूद्ध जनही २५ लाख ५० हजार रूपैयाँ बिगो दाबी गरिएको छ ।


Image

उत्तम चौलागाईं

चौलागाईं कान्तिपुर टेलिभिजनका खोटाङ संवाददाता हुन् ।