लुकाएर राखिएकाे हजार किलो गाँजा बरामद

जेष्ठ २१, २०८२ |अर्जुन सुवेदी
लुकाएर राखिएकाे हजार किलो गाँजा बरामद

सुनसरी । सुनसरी प्रहरीले हरिनगर गाँउपालिका वडा नम्बर ५ र ६ को सिमानास्थित कटान खोलाको बगरबाट ठुलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ ।

प्रहरीले खोलाको बगरमा बालुवाले पुरेर लुकाई राखेको १ हजार १ सय २० किलो गाँजा गएराती बरामद गरेको हो ।

लागू औषध गाँजा लुकाइ-छिपाइ राखिएको छ भन्ने गोप्य सुचनाको आधारमा उक्त स्थानमा खोजतलास गर्ने क्रममा बालुवा मुनी गाडीरहेको अवस्थामा ३८ बोरा गाँजा बरामद गरेको हो ।

बरामद गाँजा जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई थप अनुसन्धान गर्ने कार्य भइरहेको प्रहरी नायब उपरिक्षक योगराज खतिवडाले जानकारी दिनुभयो । घटनाको सम्बन्धि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।


Image

अर्जुन सुवेदी

सुवेदी कान्तिपुर टेलिभिजनका सुनसरी संवाददाता हुन् ।