चितवन । चितवनमा बस र कार एक-आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
पुर्व पश्चिम राजमार्गअन्तर्गत पुर्वी चितवनको खैरहनी नगरपालिका-२ ज्यामिरे चोकमा आज बिहान १ बजेर ४५ मिनेट जाँदा उदयपुरबाट काठमाडौं तर्फ आउँदै गरेको बागमती प्रदेश ०१-००६ ख ७०२३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०१-०३० च ११५७ नम्बरको इभी कार एक-आपसमा ठक्कर खाएको थियो ।
दुर्घटनामा कार चालक चितवनको खैरहनी-८ बस्ने वर्ष ४२ का प्रदीप तिमल्सिनाको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका तिमल्सिनाको चितवन मेडिकल कलेजमा बिहान ३ बजे मृत्यु भएको हो । प्रहरीले बसका चालकलाई नियन्त्रणमा लिएको छ ।