सवारीसाधन चिप्लिँदा दाउन्नेमा जाम

वैशाख २१, २०८२ |नवीन पौडेल
सवारीसाधन चिप्लिँदा दाउन्नेमा जाम

नवलपरासी । पुर्व पश्चिम राजमार्गअन्तर्गत पुर्वी नवलपरासीको दाउन्नेमा सवारीसाधन चिप्लिँदा सवारीको लाम लागेको छ । 

बुटवल नारायणगढ सडकखण्ड बिस्तारकोक्रममा रहेको दाउन्ने खण्डमा गएराती देखि परेको वर्षाले सडक हिलाम्य भएपछी सवारी आवागमन ठप्प भएको हो।

ठुला र मालबहाक सवारी उकालो र ओरालो सडकमा चिप्लिँदा सवारी आवागमन प्रभावित भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख जनक बन्जराले बताउनुभयो ।

ठुला र मालबहाक सवारी उकालो उक्लन नसक्दा यात्रु बहाक सवारी र साना सवारी पनि जाममा पर्नुपरेको छ ।

अहिले ठुला सवारीलाई दुम्किबास र बर्दघाटमा रोकिएको छ । 


Image

नवीन पौडेल

पौडेल कान्तिपुर टेलिभिजनका नवलपरासी संवाददाता हुन् ।