धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिकामा सडेको अवस्थामा महिलाको शव फेला परेको छ ।
उक्त शव सुनसरीको धरान उपमहानगरपालिका-२ निकेतन मार्गकी ६५ वर्षीया मिना शाक्यको रहेको धनकुटा प्रहरीले जनाएको छ ।
मृतक शाक्य बैशाख ९ गते इटहरी जान भनि घरबाट हिडेको बताइएको छ । शव पोष्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको डिएसपी ओमप्रकाश खनालले बताउानुभयो ।