यस्तो रहनेछ आजको मौसम

वैशाख २१, २०८२ |कान्तिपुर टीभी संवाददाता
यस्तो रहनेछ आजको मौसम

काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको जल तथ मौसम विज्ञान महाशाखाले जनाएको छ। यसका साथै बङ्गालको खाडीबाट भित्रीरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ।

हाल गण्डकी र कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफादेखि आंशिक बदली रहेको छ। गण्डकी प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो, देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। कोशी प्रदेश लगायत देशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन-चट्याङ्ग् र हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । देशका हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

आज राती, देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । देशको पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी भू-भागको एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशको हिमाली भू-भागका एक-दुई स्थानमा स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.