डिजिटल मिडिया प्रस्तोता अवार्डबाट कान्तिपुरकर्मी रुपा खड्का सम्मानित

चैत्र १४, २०८१ |कान्तिपुर टीभी संवाददाता
डिजिटल मिडिया प्रस्तोता अवार्डबाट कान्तिपुरकर्मी रुपा खड्का सम्मानित

काठमाडौं । डिजिटल मिडिया प्रस्तोता अवार्ड-२०८१ बाट कान्तिपुरकर्मी रुपा खड्का सम्मानित हुनुभएको छ ।

उत्कृष्ट समाचार तथा कार्यक्रम प्रस्तोताका रुपमा दुई दशकदेखि क्रियाशिल रहेको भन्दै प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगर, सांसद गणेश पराजुली, आयोजक न्यूज एक्सप्रेस मिडिया प्रा. लि. का अध्यक्ष मिलनसिंह परियार, प्रबन्ध निर्देशक जीवन अधिकारी र अनलाइन टिभी पत्रकार संघका अध्यक्ष तथा अवार्ड सिफारिस समितिका संयोजक जीवन भण्डारीले खड्कालाई अवार्ड प्रदान गर्नुभएको थियो।

दोस्रो राष्ट्रिय डिजिटल मिडिया अवार्ड-२०८१ बाट पत्रकार, सञ्चारकर्मी र समाजसेवीहरूलाई सम्मान गरिएको थियो।

बुधबार राष्ट्रिय नाचघरमा आयोजित अवार्ड वितरण समारोहमा यस वर्षको डिजिटल मिडिया लाईफटाइम एचिभमेन्ट अवार्ड वरिष्ठ पत्रकार हरिहर विरहीलाई प्रदान गरिएको थियो।

न्यूज एक्सप्रेस मिडिया प्रा.लि.ले गत वर्षको पहिलो राष्ट्रिय डिजिटल मिडिया लाईफटाइम एचिभमेन्ट अवार्ड ९४ वर्षीय वरिष्ठ पत्रकार भैरव रिसाललाई प्रदान गरेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.