पौडी खेल्ने क्रममा डुबेर एकजना एसईई परीक्षार्थीको मृत्यु

चैत्र १४, २०८१ |कान्तिपुर टीभी संवाददाता
पौडी खेल्ने क्रममा डुबेर एकजना एसईई परीक्षार्थीको मृत्यु

गोरखा । गोरखाको आरुघाट गाउँपालिका-४ थुमीस्थित बुढीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर एकजना एसईई परीक्षार्थीको मृत्यु भएको छ ।

बुढीगण्डकी नदीमा पौडेल खेल्ने क्रममा हिजो साँझ साँढे ६ बजेको समयमा पौडी खेल्ने क्रममा डुबेर आरुघाट गाउँपालिका-१ घर भएका १६ वर्षीय युनिष गुरुङको मृत्यु भएको हो ।

सूचना प्राप्त भएपछि खोजतलासको क्रममा बगाएको ठाउँ भन्दा १ किमि तल मृत अवस्थामा गुरुङको शव फेला परेको प्रहरीले जनाएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.