बाँके । बाँकेमा ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता दीपक पातलीले करणी आरोपमा बैजनाथ गाउँपालिका-८ पिपिरीका २५ वर्षीय निमबहादुर विकलाई नियन्त्रणमा लिएको बताउनुभयो ।
आरोपीले यही चैत २ गते बालिकालाई डर त्रास देखाई जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा खजुरास्थित इलाका प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको प्रहरी प्रवक्ता पातलीले बताउनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।