बेथान्चोकको गोरखनाथ वनमा आगलागी

नियन्त्रणको तयारी भइरहेको प्रहरीको भनाइ
चैत्र ४, २०८१ |पुजन धिताल
बेथान्चोकको गोरखनाथ वनमा आगलागी

काभ्रे । जिल्लाको बेथानचोक गाउँपालिका- ३ बोल्देस्थित गोरखनाथ सामुदायिक वनमा गएराती देखि आगो लागेकाे छ । गएराति ११ बजेदेखि उक्त वनमा डढेलो लागेको च्याम्राङबेशी प्रहरी र स्थानीयले जनाएको छन् ।

रातिको समयमा डढेलो लागेको कारण तत्कालै सम्भव नभएपछि बिहानबाट नियन्त्रणको तयारी भइरहेको प्रहरी बताएको छ ।

प्रहरी, जनप्रनितिनिधि, वन उपभोक्ता समिति, जनसमुदाय सबैलाई खबर गरिएको प्रहरी चौकी च्याम्राङबेशी ढुंखर्कका इन्चार्ज रमेश शाहका अनुसार डढेलो लागेको स्थानमा प्रहरीको टोली जाँदै छ । त्यहाँको घटनास्थलको विस्तृत जानकारी आउन बाँकी रहेको जानकारी दिनुभयो ।

बेथानचोक गाउँपालिका- ३ का वडाअध्यक्ष कुबेर ढकालका अनुसार डढेलो लागेको स्थान मानव बस्तीबाट टाढा रहेकाले हाललाई मानव बस्तीमा जोखिम भने नदेखिएको बताउँदै आगो निभाउन प्रहरी र स्थानीय खटिएका छन।

गएराती देखि देखिएको आगोको लप्का अझै पनि देखिएको र सामुदायिक वन क्षेत्रमा आगो देखिएको स्थानिय पर्यटन व्यावसायी कमल नेपालले बताउनु भयो ।


Image

पुजन धिताल

धिताल कान्तिपुर टेलिभिजनका काभ्रे संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement