काभ्रे । जिल्लाका १५ क्याम्पसमा स्ववियु निर्वाचन जारी छ। १४ क्याम्पसमा ५ विद्यार्थी संगठनबीच एकता हुँदै सर्वसम्मत नेतृत्व चयन भएको कारण यसपटकको निर्वाचन विशेष रहेको बताइएको छ ।
विद्यार्थी एकताको सकारात्मक सन्देशसहित काभ्रेका अधिकांश क्याम्पसमा सहमतिमै नयाँ नेतृत्व चयन भएको हो। यसले क्याम्पसमा समन्वय र सहकार्यलाई थप मजबुत बनाउने विश्वास गरिएको छ।
तर, काभ्रे क्याम्पस बुडोलमा भने विद्यार्थी संगठनहरूबीच मित्रवत् प्रतिस्पर्धा हुने भएको छ। स्वस्थ प्रतिस्पर्धा हुँदै विद्यार्थीहरूको हितमा नीति निर्माण गर्न नयाँ नेतृत्व तयार हुने अपेक्षा गरिएको छ।
स्ववियु निर्वाचनले विद्यार्थीको हकहितको प्रतिनिधित्व गर्दै उनीहरूको शैक्षिक तथा नेतृत्व विकासमा महत्वपूर्ण योगदान पुर्याउने भएकाले सबै पक्षले निर्वाचनलाई मर्यादित र अनुशासित बनाउन पहल गरिरहेका छन्।